आइतबार, असार १५, २०८२

नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म गर्ने निर्णय

नेपालखोज २०८० मंसिर १९ गते १५:०२

काठमाडौं । नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

महाधिवेशन काठमाडौंमा गरिने उनले बताए ।

उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको जनाए ।

प्रतिक्रिया