शनिबार, वैशाख २२, २०८१

१० अंकले घट्दा एक अर्ब ५४ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर १९ गते १५:२३

काठमाडौं । लगातार घट्दै आएको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार पनि घटेको छ । नेप्से आज १० दशमलव १० अंकले घटेर १८ सय ३७ दशमलव ७१ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले घटेर तीन सय ५१ दशमलव शुन्य सात अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ९२ वटा कम्पनीहरुको ३८ हजार पाँच सय ८४ पटकको कारोबारमा ४६ लाख ९८ हजार छ सय ८२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा जीवन बीमा समुहको सुचक १६ दशमलव ९३ अंकले बढेर १० हजार दुई सय ९८ दशमलव ८७ अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुुचक दुई दशमलव ७४ अंकले घटेर ११ सय ३४ दशमलव ५१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक १५ दशमलव एक अंकले घटेर तीन हजार पाँच सय ९७ दशमलव ९४ अंकमा झरेको छ ।

यसैगरी फाईनान्स समुहको सुचक पनि १३ दशमलव १८ अंकले घटेर १६ सय १९ दशमलव शुन्य सात अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ११ दशमलव ७३ अंकले घटेर १९ सय ४३ दशमलव ६५ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव शुन्य तीन अंकले घटेर नौं हजार आठ सय एक दशमलव १४ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः ८७ दशमलव ५१, शुन्य दशमलव ३५, एक सय २४ दशमलव ५६, २९ दशमलव ९१, शुन्य दशमलव शुन्य दुई, छ दशमलव ९८ र ३० दशमलव ३४ अंकले घटेका छन् ।

नेप्सेमा आज सिंगटी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर १० प्रतिशतले बढेर दुई सय ७५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ५३ प्रतिशतले घटेर ३४ सय १० रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

माउन्टेन इर्नर्जी नेपाल लिमिटेडको भने आज प्रतिकित्ता चार सय ३४ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा ३६ करोड २९ लाख ५७ हजार छ सय २४ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका मध्ये रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया