सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्ने

काठमाडाैं । सरकारले एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन गर्ने भएको छ । मंगलबार सरकारकाे प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एक विज्ञप्ति जारी गर्दै एनसेलको सेयर खरिद-बिक्रीबारे छानबिन सरकारले गर्ने जानकारी दिएकी हुन् ।
उनले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाल सरकारले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ।’
सरकारले अध्ययन तथा छानबिनबाट कुनै प्रकारको अनियमितता भएको पाइए कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने छ ।’
मन्त्री शर्मालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नै छानबिनका लागि निर्देशन दिइसकेकाे पनि बताएकी छन् ।


प्रतिक्रिया