आइतबार, असार १५, २०८२

उपप्रधानमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

नेपालखोज २०८० मंसिर २० गते ६:४१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि अस्पताल पुगेका थिए ।

मंगलबार साँझ अस्पताल पुगेका उनको एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिबेला सघन उपचार कक्षमा उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ । 

गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया