मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु
नेपालखोज
२०८० मंसिर २० गते १२:५७

जाजरकोट । कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।
नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसारप्रति मृतक दुई लाखका दरले रकम वितरण गरिएको हो ।
क्रमशः सबै पालिकामा गएर अबको तीन/चार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताए । प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया