बिहीबार, जेठ ३, २०८१

ओप्पोको अपकमिङ स्मार्टफोन

नेपालखोज २०७८ माघ २२ गते १०:१४

काठमाडौं । ओप्पो फाइन्ड एक्स फाइभ सिरिजका स्मार्टफोन यही वर्षको मार्चमा लन्च हुँदै छन् । ओप्पोको यो अपकमिङ स्मार्टफोन पहिले चीनमा सार्वजनिक गरिनेछ । यो सिरिजमा पहिले दुई स्मार्टफोन ओप्पो फाइन्ड एक्स फाइभ तथा फाइन्ड एक्स फाइभ-प्रो लन्च हुने बताइएको छ ।त्यसका साथ कम्पनीले ग्लोबल मार्केटमा ओप्पो फाइन्ड एक्स फाइभ-लाइट पनि लन्च गर्ने सम्भावना छ । रिपोर्टअनुसार फाइन्ड एक्स फाइभ-प्रो स्मार्टफोनको मोडल नम्बर ग्लोबल मार्केटमा CPH2305 रहनेछ भने चाइनिज एडिसनको मोडल नम्बर PFEM10 हुनेछ ।

ओप्पोका यी दुई नयाँ स्मार्टफोनले 3C सर्टिफिकेट प्राप्त गरिसकेका छन् । भनिन्छ फाइन्ड एक्स फाइभ-प्रो तथा फाइन्ड एक्स फाइभ दुवै स्मार्टफोनमा ८० वाटको वायर्ड चार्जिङ रहनेछ । यसैगरी ओप्पो फाइन्ड एक्स फाइभ सिरिजको प्रो मोडल मा ५० वाटको वायरलेस चार्जिङ सपोर्ट दिइनेछ भने स्टेडर्ड मोडलमा वायरलेस चार्जिङ रहनेछैन ।

ओप्पो फाइन्ड एक्स फाइभ स्मार्टफोन मिडियाटेकको Dimensity 9000 चिपसेटका साथ प्रस्तुत हुनेछ । यो फोनको क्यामेरा सेटअप पनि प्रो मोडलभन्दा अलग हुनेछ ।

No description available.

पर्याप्त जानकारी सार्वजनिक नगरिए पनि फाइन्ड एक्स फाइभ-प्रो मा ६.७ इन्चको AMOLED LTPO 2.0 QHD + 120Hz डिस्प्ले रहने बताइँदै छ । यो फोनमा 32MP Sony IMX709 फ्रन्ट क्यामेरा तथा 50MP (Sony IMX766, OIS) + 50MP (अल्ट्रावाइड) + 13MP ट्रिपल रियर क्यामेरा सेटअप पनि रहनेछ । ओप्पोको यो फोन Snapdragon 8 Gen 1 प्रोसेसरका साथ उपलब्ध हुनेछ ।

No description available.

प्रतिक्रिया