शनिबार, वैशाख २२, २०८१

बहुभाषामा प्रदर्शन हुँदै ‘हिटम्यान’

नेपालखोज २०८० मंसिर २० गते १८:२५

गण्डकी । नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायत भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फ्रेबुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिए ।

फिल्मको कथा पनि अधिकारीले नै लेखेका हुन् । दक्षिण भारतीय शैलीमा बनेको फिल्ममा नेपाल र भारतबीचको अन्तरसम्बन्धलाई देखाउन खोजिएको निर्देशक अधिकारीले बताए ।

फिल्मले काठमाडौं र पोखराको सौन्दर्यलाई प्रस्तुत गर्ने उहाँको भनाइ छ । नेपाल, भारत, दुबई, श्रीलङ्का र फ्रान्समा फिल्मको छायाङ्कन गरिएको अधिकारीले बताए । ९९ सिनेमाज्को ब्यानरमा बनेको फिल्मको निर्माता दीपक अधिकारी र सहनिर्माता सन्नी लावती रहेका छन् । उक्त फिल्मलाई ओटिटी ल्पेटफर्म अमेजन प्राइम भिडियोमासमेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया