आइतबार, जेठ ६, २०८१

सस्पेन्स् थ्रिलर चलचित्र ‘ए’ आगामी तिहारमा प्रर्दशन हुने

नेपालखोज २०७७ चैत ९ गते १४:०७

काठमाण्डौं । चलचित्र ‘ए’ को प्रर्दशन मिति घोषणा भएको छ । विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स् थ्रिलर चलचित्र ‘ए’ आगामी २०७८ सालको तिहारमा प्रर्दशन हुने भएको हो ।

तिहारमा चलचित्रलाई प्रदर्शनमा ल्याउने भएता पनि मिति भने केही समयपछि मात्रै सार्वजनिक गर्ने वितरक करण श्रेष्ठले बताए । यस चलचित्रको मुख्य भूमिकामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छोल्टिम गुरुङ्ग, रिस्ता बस्नेत, दुर्गेश थापा र रवि गिरी रहेका छन् भने अन्य कलाकारमा प्रविन खतिवडा, सुरज बज्राचार्य, बिकेश प्रजापति, सुरज विष्ट, गित बिष्ट र विपिन कार्कीलगाएतका कलाकार रहेकाछन् ।

बाल कलाकारमा जसिका घिमिरे, अग्रता राई, अभिमान सिहं बस्नेत, प्रतिक भुजेल र रुपेस थापा पनि फिचर्ड छन् । चलचित्रको कथा राकेश रनपालको रहेको छ भने पटकथा तथा सम्वाद भने भोमन कटुवाल र आकाश उखेडाको रहेको छ । चलचित्रको छायाँकंन मोहनकुमार झिल्लुले गर्ने भएका हुन् भने सम्पादनमा अनिलकुमार महर्जनको रहने छ । चलचित्रमा द्वन्द्व राजु किराँतको रहेको छ भने संगितमा सुरेश गैरे रहेका छन् ।

यस चलचित्रको निर्देशन भोमन कटुवालले गर्दैछन् । चलचित्रमा प्रलाद काफ्लेको लगानी रहेको छ । चलचित्रको नेपालभरको वितरण जिम्मा भने ‘जिजिए ग्रुप’ले लिएको छ ।

प्रतिक्रिया