नेपाल सुपर लिग : चितवन र बुटवल भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज (बिहीबार) एफसी चितवन र एफसी बुटवल लुम्बिनी खेल्दै छन् । आजकाे खेलमा दुवै टिम दोस्रो जितको खोजीमा हुने छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
अहिलेसम्म दुवै टिमले एक खेलमा मात्र जित निकालेका छन् । चितवनले अन्य दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हारको नजिता आत्मसात गरेको छ ।
बुटवलले भने बाँकी दुवै खेलमा हार व्यहोरेको थियो । तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको बुटवल तालिकाको सातौं स्थानमा छ । आजको खेलमा जित निकाल्ने टिम तालिकाको शीर्ष चारमा उक्लिनेछन् ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।
प्रतिक्रिया