आइतबार, वैशाख २८, २०८२

सुख्खा बन्दरगाह भन्सारका शंकास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने

नेपालखोज २०८० मंसिर २१ गते १८:१३

काठमाडौं । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा अवैध रुपमा आएर बसेका ३९१ कन्टेनरको भौतिक परीक्षण हुने भएको छ । विभिन्न समयमा भन्सार क्षेत्रमा भित्रिएका तर कन्टेनरको भन्सार जाँचपास गर्न नआएका कन्टेनरमा शंकास्पद वस्तुहरु आयात भएको आशंकामा भौतिक परीक्षण गर्न लागिएको हो ।

वीरगञ्ज सुख्खा बन्दरगाहका प्रमुख भन्सार प्रशासक डा. रामप्रसाद मैनालीले भन्सार जाँचपासका लागि दिइएको समयमा व्यवसायीहरु आंशिक मात्रै आएको बताए । मंसिर १० गते एक सूचना निकालेर भन्सार कार्यालयले विभिन्न अवस्थामा नेपाल भित्रिएको कन्टेनरको जाँचपास गराउन आह्वान गरेको थियो ।

कन्टेनरमा मदिरा, केराउ, सवारी साधनका पार्टपूर्जा लगायत वस्तुहरु रहेको भनी घोषणा भएको देखिएको छ । तर केही वस्तुहरुको परिमाण र आयात नेपालमा निषेधित वस्तु भएका कारण झनै शंका उब्जिएको  विभागले जनाएको छ ।

प्रतिक्रिया