शनिबार, वैशाख २७, २०८२

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिवद्धता

नेपालखोज २०८० मंसिर २३ गते १७:४२

लमजुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौं पुगेर सम्बोधन गर्ने बताएका छन् ।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा आज सुन्दरबजारको खत्रीठाटीमा आयोजित सभामा अध्यक्ष ओलीले यात्राका क्रममा महत्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गरे ।

त्यस अवसरमा लमजुङका खेलमैदान, मध्यपहाडी लोकमार्गका समस्याबारे प्रतिनिधसभा सदस्य तथा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया