बुधबार, असार ४, २०८२

घट्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८० मंसिर २४ गते १२:२७

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्यमा तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसासी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन तोलामा १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहहेको छ । आज चाँदीको तोलामा ३५ रुपैयाँले घटेर एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया