सोमबार, वैशाख १५, २०८२

यू-१९ एसिया कप : अफगानिस्तानसँग नेपाल पराजित

नेपालखोज २०८० मंसिर २४ गते १८:३२

काठमाडौं । यूएईमा जारी यू १९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै सेमिफाइनल दौडबाट बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हरायो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९१ रन बनाए । तर, अर्को इन्डबाट लगातार विकेट खसिरहँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन ।

नेपाल ४०।१ ओभरमा अलआउट भएको छ । अर्जुन अन्तिम विकेटका रूपमा आउट भए । उनले १०८ बलमा १३ चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया