मंगलबार, वैशाख ३०, २०८२

नागरिकता नपाउँदैमा कोहिपनि गैरनेपाली हुँंदैनन् : सर्वोच्च

नेपालखोज २०८० मंसिर २४ गते १८:४७

काठमाडौं । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नपाएकै आधारमा कसैलाई गैरनेपाली भन्न नमिल्ने ठहर गरेको छ ।

शिक्षक सेवा आयोगलाई विपक्षी बनाइएको एक रिट निवेदनमा सर्वोच्च अदालतले नागरिकता नपाएकै आधारमा कसैलाई ‘गैर नेपाली’ नभन्न आयोगका पदाधिकारी र कर्मचारीलाई आदेश दिएको हो ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासको गत २३ साउनको फैसलामा भनिएको छ, ‘नेपालको संविधान बमोजिम नेपालको नागरिक हुन योग्य व्यक्तिको नाममा नेपाली नागरिकताको प्रमाणपत्र जारी भै नसकेको कारण त्यस्तो व्यक्ति गैर नेपाली नागरिक भनी सम्बोधन गर्नुलाई नागरिकताको विषयमा राख्नुपर्ने सामान्य ज्ञानको कमीकै रुपमा बुझ्नुपर्ने देखियो ।’

नेपालको नागरिक हुन अयोग्य भएको र विदेशको नागरिकता लिएको प्रमाणित भए मात्र त्यस्ता व्यक्ति गैरनेपाली हुने सर्वोच्चको निष्कर्ष छ ।

प्रतिक्रिया