आजकाे माैसम : वर्षा र हिमपातकाे सम्भावना

नेपालखोज २०८० मंसिर २६ गते ६:२१

काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको तथा पहाडी भू–भागमा वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ साथै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकाे छ ।

महाशाखाका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको तथा तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाले राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया