शनिबार, वैशाख २९, २०८१

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपालखोज २०८० मंसिर २६ गते ९:१६

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

यस्तै सोमबार नै गौरीगंगा नगरपालिका–३ को कुचैनीमा से ३ प १४१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने ४५ वर्षीय कुत्ते सार्कीको मृत्यु भएको जनाएको छ ।

उक्त मोटरसाइकल दुर्घटनामा धनगढीकै ३९ वर्षीय तेजबहादुर सार्की घाइते भएका छन् । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया