सोमबार, वैशाख १७, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमाथि आक्रमण

नेपालखोज २०८० मंसिर २६ गते १५:००
This image has an empty alt attribute; its file name is ko.jpg

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि झापामा आक्रमण भएको छ । प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत ‘पहिचानवादी’ कार्यकर्ताले मुख्यमन्त्री कार्कीको गाडीमाथि आक्रमण गरेका बताइएको छ ।

झापामा आयोजित एउटा कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्की मंगलबार त्यसतर्फ गएका थिए । कार्यक्रममा सहभागी हुन जाने क्रममा झापाको दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो । कार्की भने सकुशल छन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोज लामाले आक्रमणमा संलग्नहरुको खोजी भइरहेको बताएका छन् । ढुङ्गा प्रहारबाट मुख्यमन्त्री कार्कीको गाडीको सिसा चर्किएको छ ।

सुरुमा कार्की सवार गाडी अगाडि आएर केही युवाले कालो झण्डा देखाएका थिए । त्यसक्रममा गाडीको गति कम भएको र गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया