जनकपुरधाममा तीन दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री गर्न रोक

नेपालखोज २०८० मंसिर २६ गते २०:५२

काठमाडाैं । जनकपुरधाममा तीन दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री गर्न रोक लगाइएको छ । श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री गर्न रोक लगाइएको हाे ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जाँड–रक्सी र माछामासुको बिक्री गर्न रोक लगाएको जनाएकाे छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएकाे छ ।

प्रतिक्रिया