बुधबार, जेठ १, २०८२

नाम र लोगो प्रयोग गरी ठगी भइरहेको भन्दै टेलिकमले गरायाे सचेत

नेपालखोज २०८० मंसिर २७ गते १९:२८

काठमाडौं । नेपाल टेलिकमले आफ्नो नाम र लोगो अनधिकृत प्रयोग गरी सामाजिक सञ्जालमार्फत ठगी भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

फेसबुक, मेसेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालका विभिन्न माध्यमबाट कम्पनीमा रोजगारी मिलाइदिने, निस्शुल्क डेटा, निस्शुल्क कल, जब भ्याकेन्सी र पुरस्कारहरू उपलब्ध भइरहेको भन्दै सर्वसाधारणलाई झुक्काएको घटना बाहिरिएपछि टेलिकमले सूचना जारी गर्दै सचेत गराएकाे हाे ।

विभिन्न दरका निस्शुल्क डेटा, निस्शुल्क कल, जब भ्याकेन्सी र पुरस्कार उपलब्ध भइरहेको प्रचार गर्न आफ्नो लोगो दुरुपयोग भइरहेको टेलिकमले एक सूचनामार्फत उल्लेख गरेको छ ।

कम्पनीले अन्य कुनै पनि ग्रुप वा सामाजिक सञ्जालमार्फत यस प्रकारको सूचना प्रवाह नगरेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया