बुधबार, वैशाख १९, २०८१

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपालखोज २०८० मंसिर २८ गते ९:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहिवार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ५० पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ६६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया