शुक्रबार, वैशाख १४, २०८१

सिटिजन्स बैंकद्वारा सेयर मुल्यमा प्रभाव पार्न खोजेको भन्दै नेप्सेले माग्यो स्पष्टीकरण

नेपालखोज २०७७ कार्तिक ५ गते १६:४६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गर्यो । बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांस बितरण गर्ने घोषणा गरेको थियो ।

बैंकको गत सोमबार बसेको तीन सय ४५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजी नौ अर्ब आठ करोड ९८ लाख १७ हजार दुई सय ९० रुपैयाँको सात दशमलव ७० प्रतिशतले हुुन आउने ६९ करोड ९९ लाख १५ हजार नौ सय ३१ रुपैयाँ बोनस सेयर र करसहित तीन दशमलव ३० प्रतिशतले हुुने २९ करोड ९९ लाख ६३ हजार नौ सय ७० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुुसार लाभांस घोषणा सम्वन्धी यो निर्णय सिटिजन्स बैंकले सेयर कारोवार चलिरहेकै अवस्थामा नेप्सेलाई पठायो । धितोपत्र सुचीकरण बिनियमावली २०७७ को बिनियम २२ (१) (घ) मा धितोपत्र मुल्यमा प्रभाव पार्ने सुचना, जानकारी तथा निर्णय सृजना भएमा सोही दिन वा भोलिपल्ट कारोवार खुल्नुअघि त्यस्तो सुचना, जानकारी अथवा निर्णय सम्वन्धीत सुचीकृत संगठित संस्थाको वेभसाईट मार्फत समेत सार्वजनिक गर्नुुपर्ने भन्ने व्यवस्था रहेको छ । नेप्सेका अनुसार सोही बिनियमावलीको बिनियम २२ (१) (ङ) नगद लाभांस, बोनस सेयर, हकप्रद सेयर वा थप सेयर निष्काशन सम्वन्धी निर्णय भएमा सो निर्णय हुुने बित्तिकै सञ्चालक समितीको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनु पर्ने भन्ने व्यवस्था रहेको छ ।

नेप्सेका अनुसार उक्त सुचीकृत कम्पनी अर्थात सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कारोबार समयमा मुल्यमा प्रभाव पार्ने सुचना तथा जानकारी सिर्जना गरी जानकारीमा ल्याएको र उक्त सुचना तथा जानकारीमा सञ्चालक समितीको बैठक बसेको समय समेत उल्लेख नगरी नेप्सेमा पठाएको छ । यस सम्वन्धमा बैकको भनाई के छ, तीन कार्यदिन भित्र जवाफ पठाउनु होला नेप्सेले पत्र मार्फत भनेको छ ।

प्रतिक्रिया