बुधबार, जेठ १, २०८२

सात साल अघिको बिहे

सुनिल उलक २०८० मंसिर २८ गते १०:११

वि.स‌. २००६ सालमा खिचिएको यो तस्विर पूर्वी नेपालको चैनपुरको हो । विवाह पछि दुलाहा दुलही लिएर घर फर्कदै गरेको तस्विर हो यो । यहाँ देखिएको दुलाहा जो छाता ओढेर उभिएको देखिन्छ, उ मुश्किलले १० वर्ष पुगेको छ भने डोलीमा सुतेकी दुलही केवल ७ वर्षकी भइ ।

डोली बोक्नेहरु युवाहरु भने भोटेहरु हुन । उ बेला नेपालको सिमा नजिकै तिब्बतमा बस्ने भोटेहरु कामको खोजीमा नेपालमा पस्दथे । भरियाका रुपमा प्राय काम गर्ने गर्दथे ।

जनवरी १९५० को नेशनल जियोग्राफीमा छापिएको यो तस्विर उनै फोटोग्राफर भोल्कमर वेन्टजेलले खिचेका हुन । उनैले खिचेको मानिसहरुले गाडी बोकेको तस्विर नेशनल जियोग्राफीमा छापिए पछि मानिसलाई बोक्ने गाडी नै मानिसहरुले बोक्ने देशका रुपमा चिनिएको थियो हाम्रो नेपाल ।

भोल्कमर नेशनल जियोग्राफीका लागि नै तस्विर खिच्ने हुँदा उनको नेपालमा खिचिएको निकै तस्विर नेशनल जियोग्राफीमा छापिएको थियो ।

प्रतिक्रिया