थमन बिक हत्या प्रकरणमा ७ जनालाई जन्मकैद

नेपालखोज २०८० मंसिर २८ गते १८:१७

जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ ।

उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो ।

जिल्ला अदालत महोत्तरीकी श्रेष्तेदार नुतन झाले दिएको जानकारी अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले शर्मासहित, संजयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको फैसला सुनाएको हो ।

प्रतिक्रिया