परराष्ट्र सचिवमा सेवा लम्साल
नेपालखोज
२०८० मंसिर २८ गते १८:३२

काठमाडौं । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सह-सचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला भएकी छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । रासस
सम्बन्धित

प्रतिक्रिया