कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ताे छ एजेन्डा
नेपालखोज
२०८० मंसिर २९ गते ७:५८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ः१५ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएकाे छ ।
कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुनेछ ।
महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रियसभा निर्वाचनपछिसम्म स्थगित गर्ने भन्ने विषयमा समेत कांग्रेसभित्र विवाद छ । शुक्रबारको बैठकले त्यसबारे समेत टुंगो लगाउने नेताहरुले बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया