सोमबार, मंसिर २९, २०८२

यूएई एसीसी यू–१९ एसिया कपको फाइनलमा

नेपालखोज २०८० मंसिर २९ गते १९:०६

काठमाडाैं । यूएई एसीसी यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक यू-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको हो ।

यसअघि दुबईकाे आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएई ४७ ओभर ५ बलमा १ सय ९३ रनमा अल आउट भयाे । यूएईका कप्तान आयल अफजल खानले ५५ र आर्यन्श शर्माले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका उबैद शाहले ४ तथा अली अस्फन्द र अर्फत मिन्हान्सले समान २ विकेट लिए ।

यूएईले सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले हरायो । यूएईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयो ।

प्रतिक्रिया