नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
नेपालखोज
२०८० मंसिर ३० गते ७:३७
काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन् । आज वीरगञ्ज युनाइटेड एफसी र पोखरा थन्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच खेल हुने छ ।
जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् । आज वीरगञ्ज दोस्रो जितको खोजीमा रहँदा पोखरा तेस्रो जित निकाल्ने योजनामा छ ।
यसैगरी आज साँझ ५ बजे हुने अर्को खेलमा चितवन र इलामबीच प्रतिस्पर्धा हुनेछ । मंसिर ८ गतेदेखि भइरहेको खेलमा ९ वटा टोली सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया