बिहीबार, पुष ३, २०८२

युएई र टर्किएका राष्ट्रपतिले गरे द्विपक्षीय सम्बन्धको समीक्षा

नेपालखोज २०८० मंसिर ३० गते १८:२४

अबु धाबी । युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले टर्किए गणतन्त्रका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग दुई देश बीचको सम्बन्धबारे छलफल गरेकाक छन् । टेलिफोन वार्तामा आफ्नो देश र जनताका लागि थप समृद्धि हासिल गर्न दुई देश बीचको सहकार्यलाई अझ बढावा दिन आवश्यक रहेको संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिले जनाएका छन् ।

सो क्रममा टर्कीका राष्ट्रपतिले पनि आपसी हितका विभिन्न क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गरेको र तीमध्ये सबैभन्दा महत्त्वपूर्ण छलफल प्यालेस्टाइन क्षेत्रको पछिल्लो घटनाक्रममा केन्द्रित रहेको बताइएको छ ।

दुई नेताहरूले गाजा पट्टीमा तत्काल युद्धविरामको महत्त्वलाई जोड दिदै अन्तरराष्ट्रिय कानून बमोजिम नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा छलफल केन्द्रित गरेका छन् । यसै गरी मानवीय सहायताको सुरक्षित र दिगो वितरणलाई सहज बनाउन र गाजाका जनताको जबरजस्ती विस्थापनलाई अस्वीकार गर्ने पनि उनीहरूको साझा धारणा रहेको छ।

राष्ट्रपति शेख मोहम्मद र राष्ट्रपति एर्दोगानले यस क्षेत्रमा स्थायित्व र सुरक्षाको पुनःस्थापना गर्न दुई राज्य समाधान मार्फत न्यायपूर्ण र व्यापक शान्तितर्फको बाटो खोज्नुपर्नेमा विशेष जोड दिएका छन्। दुवै पक्षले २८ औं संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप-२८) का परिणाम बारे पनि छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया