युक्रेनले इयु सदस्यताका लागि अझै २ हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक
नेपालखोज
२०८० मंसिर ३० गते २०:०८

कीभ । युक्रेनले युरोपेली संघ (इयु) को सदस्य बन्नका लागि २ हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यस बारे जानकारी गराएका हुन् ।
‘आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौं। हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौं,’ सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ । त्यसका लागि लगभग २८ हजार ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उनले बताएका छन् ।
सम्बन्धित








प्रतिक्रिया