बुधबार, जेठ १, २०८२

संसदीय समितिमा आज न्यायाधीशद्वय पौडेल र ढुङ्गानाको सुनुवाइ हुने

नेपालखोज २०८० पुष १ गते ८:५७

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको संसदीय सुनुवाइ आज हुँदै छ ।

संसदीय सुनुवाइ समितिको बिहान ११ बजे बस्ने बैठकमा न्यायाधीशद्वय पौडेल र ढुङ्गानाको सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ । प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया