बीपी राजमार्गबाट १६ टन प्याज बरामद

नेपालखोज २०८० पुष २ गते ७:२०

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको काभ्रेभन्ज्याङ चेक पोस्टबाट अवैधरूपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ ।

बीपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बीपी राजमार्गबाट आएका सवारीसाधनहरू जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैधरूपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो । रासस

प्रतिक्रिया