श्रीलंकाका विदेशमन्त्री नेपाल आउने
नेपालखोज
२०८० पुष २ गते १८:०६

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन साब्री बुधबार नेपाल आउने भएका हुन् ।
नेपाल श्रीलंकाको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक २१ र २२ डिसेम्बरमा काठमाडौँमा हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीलंकाका विदेशमन्त्री साब्री बैठक सकेर शुक्रबार स्वेदेश फिर्ता हुनेछन् ।
बैठकमा नेपाल र श्रीलंकाबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुनेछ ।
विदेशमन्त्री साब्रीको भ्रमण र आगामी बैठकका बारेमा छलफल गर्न नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया