नेपाल सुपर लिग : धनगढी र काठमाडौंले बाँडे अंक

नेपालखोज २०८० पुष २ गते २०:२१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १/१ को बराबरी खेलेका छन् । जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन र काठमाडौंसँग अंक बाँड्यो ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेल १/१ को बराबरीमा टुंगिएसँगै धनगढी १२ अंकसहित पहिलो र काठमाडौं ९ अंकसहित चौथो स्थानमा एथावत् छन् । अपराजित रहेको धनगढीको यो बराबरीले प्ले अफमा पुग्ने संभावना बलियो भएको छ ।

प्रतिक्रिया