चीन भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १११ पुग्याे

काठमाडौं । उत्तरपश्चिमी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण गान्सुमा १०० जनाको मृत्यु भएको छ भने छिङहाइमा ११ जनाको मृत्यु भएको छ । त्यसैगरी गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ५ दशमलव ९ मापन गरिएको छ ।
भूकम्पका कारण धेरै क्षति भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । खानेपानी र बिजुलीको व्यवस्था ठप्प भएको छ । यातायात र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । यससँगै उनले मृत्यु हुनेको संख्या घटाउने उपाय अपनाउन निर्देशन पनि दिएका छन् । घाइतेहरुकाे उद्धार र उपचार जारी छ ।








प्रतिक्रिया