विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति राष्ट्रिय सभा अध्यक्षको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।
मंगलबार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको बताए ।
‘विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने । भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने ब्यवस्था रहेको पनि स्मरण गरे ।
नेपालीहरुको विवाह भारत र चीनमा समेत हुने गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले थपे, ‘ठुलो जनसंख्या भएका छिमेकी छन । छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउछ कि, भोलि राष्ट्रियतामा खलल पुर्याउँछ कि भन्ने आशंका गरिन्छ ।’
प्रतिक्रिया