१८ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

नेपालखोज २०८० पुष ३ गते १३:५३

बाँके । कोहलपुर नगरपालिका–१५ चन्नहवा बस्ने ३५ वर्षीय धनिराम चौधरीलाई १८ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा नेपालगंज बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया