शनिबार, वैशाख १५, २०८१

झण्डै ४६ अंकले बढ्दा पाँच अर्ब ९८ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष ३ गते १५:२१

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३८ अंकले बढेको नेप्से आज पुन ४५ दशमलव ९८ अंकले बढेर २१ सय छ दशमलव ४८ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव शुन्य पाँच अंकले बढेर तीन सय ९७ दशमलव ६९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ९९ हजार छ सय ४१ पटकको कारोबारमा एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २९ दशमलव ८९ अंकले बढेर १२ सय ४३ दशमलव ३३ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ५७ दशमलव ४७ अंकले बढेर ४१ सय ७६ दशमलव ८२ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि सात दशमलव ८२ अंकले बढेर १८ सय ६६ दशमलव ३३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ९७ अंकले बढेर २३ सय ५५ दशमलव १० अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय ५० दशमलव ५५ अंकले बढेर ११ हजार पाँच सय ७५ दशमलव ९२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २८ दशमलव शुन्य छ अंकले बढेर ११ हजार दुई सय ८४ दशमलव ७९ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः तीन सय ९५ दशमलव १८, एक दशमलव ८४, दुई सय ५३ दशमलव ६६, ५८ दशमलव ७२, शुुन्य दशमलव २६, १४ दशमलव २८ र २९ दशमलव ३० अंकले बढेका छन् ।

नेप्सेमा आज बोटर्लस नेपाल (बालाजु) लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार हजार सात सय ८० रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा सिद्धार्थ लगानी बृद्धि योजना २ को प्रतियुनिट सेयर मुल्य सात दशमलव २६ प्रतिशतले घटेर आठ रुपैंयाँ ३० पैसामा कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज प्रतिकित्ता पाँच सय ९४ रुपैंयाँ अन्तिम मुल्यमा ३७ करोड ४३ लाख ४८ हजार दुई सय दुई रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरुको कारोबार मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया