शुक्रबार, चैत १६, २०८०

सुन तोलामा नै १५ सयले वृद्धि

नेपालखोज २०७६ फागुन १२ गते १३:०३

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनमा मात्रै प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ । स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला रु ८० हजार ३०० मा कारोबारभई नयाँ रेकर्ड कायम गरेको हो । आइतबार छापावाला सुन रु ७८ हजार ८०० मा कारोबार भएको थियो । यो आइतबारको तुलनामा रु एक हजार ५०० ले बढी हो ।

यस्तै तेजावी सुन प्रतितोला रु ८० हजारमा कारोबार भइरहेको छ । आइतबार यो प्रतितोला रु ७८ हजार ५०० मा कारोबार भएको थियो ।चाँदीको मूल्य भने आइतबार प्रतितोला रु ९२० मा कारोबार भएकोमा सोमबार प्रतितोला रु ९२५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया