बिहीबार, पुष ३, २०८२

मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

नेपालखोज २०८० पुष ३ गते १५:२९

उलान बातोर । मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे आगलागी भएको हो ।

दक्षिणी जिल्ला खान-उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो । सो आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् ।

उपचारका क्रममा घाइते अन्य दुईजना व्यक्तिको निधन भएको बताइएको छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान छइरहेको छ । /rss

प्रतिक्रिया