बिहीबार, जेठ २, २०८२

चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह

नेपालखोज २०८० पुष ४ गते ६:३२

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रतिक्रिया