सरकारले ताेक्याे उखुको खरिद मूल्य
नेपालखोज
२०८० पुष ४ गते १४:५३

काठमाडौं । सरकारले उखुको खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
साथै उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
शर्माले भनिन्,‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य जुन छ, त्यसलाई उद्योगले रु ५ सय ६५ प्रतिक्विन्टल दिनुपर्ने निर्णय भयो । र उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ ।’
सम्बन्धित
प्रतिक्रिया