बिहीबार, पुष ३, २०८२

हमास आक्रमणमा मारिएका नेपालीको परिवारलाई सरकारले दियो १०/१० लाख क्षतिपूर्ति

नेपालखोज २०८० पुष ५ गते १७:१९

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया