पश्चिमी वायुको आंशिक प्रभाव : मौसम सफा रहने, भाेलि वर्षाकाे सम्भावना
नेपालखोज
२०८० पुष ६ गते ६:३२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
भाेलि भने सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया