६५ वर्ष अगाडि नै पढ्दै गरेका टुकुचेका यी बालबालिका

साच्चै यि बालकहरु को होलान् । वि.सं. २०१५ सालमा टुकुचेमा खिचिएको यो तस्विरमा दुइ बालक बालिका अन्य साथीहरुसंग पढ्दै गरेको देखिन्छ । कोही त होलान शायद पत्ता लगाइ दिने । अहिले करिव ७० वर्ष भन्दा बढीका भए होलान यि दुइ ।
यो तस्विर जापानी लेखक ईजिमा शिगारुले खिचेका थिए । वि.सं. २०१५ को नेपाल भ्रमण तथा टुकुचे बसाइ पछि उनले क्योटो युनिवर्सिटीमा एउटा सोधपत्र नै पेश गरेका थिए । सोधको विषय थियो ‘थकाली समुदायको हिन्दुकरण’ तिब्बती मूलका थकाली समुदाय कसरी हिन्दु बने भन्ने विषयमा उनको लेखमा बिस्तृत लेखिएको छ ।
थकालीहरुका ४ जातिका चार देवता छन् । तर सबै थकालीका एकै देवता नहुदा उनिहरुले महालक्ष्मीलाई साझा देवताको रुपमा भित्राएको उल्लेख गरेका छन् । त्यसको लगत्तै शेरचनहरुको सेतो देवता घन्लासर्किकर्पोलाई नर्सिङको अवतार, तुलाचनको हरियो देवता छिरिन घ्याल्मोलाई ग्रहको रुपमा, गौचनहरुको रातो देवता लाङ्ग्वा नुर्बुलाई गणेशको अवतार तथा भट्टचनहरुको कालो देवता ह्यवरनजुङ लाई भैरवको अवतारको रुपमा मान्न थालेको भन्ने उनको लेखमा लेखिएको छ ।
जिरो कावाकिताको नेतृत्वमा वि.सं. २०१५ सालमा आएको टोलीमा वहा पनि सम्मिलित हुनुहुन्थ्यो ।
प्रतिक्रिया