शुक्रबार, पुष ४, २०८२

चेक गणतन्त्रमा एक बन्दुकधारीको आक्रमणबाट १५ जनाको हत्या २४ घाइते

नेपालखोज २०८० पुष ६ गते १६:५८

काठमाडाैं । राजधानी प्रागमा रहेको  चेक रिपब्लिकको प्रसिद्ध विश्वविद्यालय चाल्र्स युनिभर्सिटीमा एक आक्रमणकारीले चलाएको बन्दुकबाट निस्किएको गोली लागेर कम्तीमा १५ जनाको हत्या भएको छ भने २४ जना घाइते भएका छन् ।

आक्रमणकारी विद्यार्थीले विश्वविद्यालयको दर्शन विभागको भवनमा विद्यार्थीबिचको भीडमा चलाएको बन्दुकबाट हिजो बिहीबार यस्तो मानव संहार भएको एशोसिएट प्रेसले उल्लेख गरेको छ ।

प्रागका प्रहरी प्रमुख मार्टिन मोन्डार्सकका अनुसार ती बन्दुकधारी पनि मारिएका छन् । उनको नाम भने प्रहरीले बताएको छैन । ती आक्रमणकारीले गोली चलाउनुको कारण खुल्न सकेको छैन तर चेक गणतन्त्रको गृह मन्त्रालयमा अधिकारीहरूले सो आक्रमणको पछाडि कुनै समूहगत संलग्नता वा कुनै विचारधाराको प्रभाव नदेखिएको जानकारी दिएका छन्  ।

बन्दुकधारीले अघिल्लो साताको बिहीबार आफ्नै बाबुलाई पनि गोली हानेर हत्या गरेका थिए । हत्यापछि निज आक्रमणकारी फरार भएका थिए ।

प्रहरीका अनुसार– ‘उ आफैले आफूलाई पनि गोली हानेर मारेको हो ।’ सोही बन्दुकधारीले अघिल्लो महिना निजको गृह नगरमा अर्को एक व्यक्ति र सानो दुई महिनाको बालकलाई पनि मारेको आशङ्का प्रहरीले गरेको छ ।

अपराधीलाई छिटो पक्राउ गर्न नसक्दा निजबाट समूहगत हत्याकाण्ड हुन गएकोले चेक गणतन्त्रमा प्रहरी र गृह प्रशासनको व्यापक आलोचना सुरु भएको छ ।  -INS

प्रतिक्रिया