शुक्रबार, जेठ ३, २०८२

प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको बिजुली काट्याे

नेपालखोज २०८० पुष ६ गते २०:५१

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै चार ठूला उद्योगको बिजुली काटेको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४ करोड रूपैयाँ तिर्न बाँकी छ । त्यस्तै रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ र घोराही सिमेन्टले एक अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी छ ।

अर्घाखाँचीको एक अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ । यी उद्योगको लाइन शुक्रबारै काटिएको हो । बक्यौता तिरेपछि मात्रै बिजुली पठाउने प्राधिकरणको जनाएकाे छ ।

प्रतिक्रिया