सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा
नेपालखोज
२०८० पुष ८ गते १६:३३

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ ।
जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो सयमदेखि अदालतमा अड्किएको यो मुद्दामा आज भएको सुनुवाइ नसकिएपछि यो हेर्दा हेर्दैमा राखिएको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आज पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।
सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।
सम्बन्धित

प्रतिक्रिया