सन्दीप लामिछानेविरुद्धको मुद्दामा बुधबार सुनुवाइ
नेपालखोज
२०८० पुष ८ गते १८:५३
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।
सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ । आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।
आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया