बिहीबार, जेठ २, २०८२

वायुसेवा निगम र थाइ एयरवेज बीचग्राउण्ड ह्याडलिङ्ग सम्बन्धी सम्झौता

नेपालखोज २०८० पुष ९ गते ११:४१

काठमाडौं । नेपाल वायुसेवा निगम र थाइ एयरवेज बीचग्राउण्ड ह्याडलिङ्ग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारी र थाइ एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि आफ्नो उडानको सेल्फ ह्याडलिङ्ग गर्दै आएको थाई एयरवेजले सेल्फ ह्याडलिङ्ग गर्न छोडी निगमसँग ग्राउण्ड ह्याडलिङ्ग सेवा लिन थालेको हो । २९ अक्टोबर, २०२३ देखि नै निगमले थाई एयरवेजको ग्राउण्ड ह्याडलिङ्ग गर्दै आएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

यस्तै थाई एवरवेजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ८० थानग्राउण्ड ह्याडलिङ्गसामाग्री समेत नेपाल वायुसेवा निगमले लिनेगरि सम्झौता गरेको छ ।

नेपाल सरकारले गत साउन ३ गतेथाई एयरवेजको ह्याडलिङ्ग सामाग्री लिन निगमलाई स्वीकृत दिएको थियो । सो स्वीकृत अनुसार आवश्यक समन्वय गरि उक्त सामाग्रीहरु निगमको स्वामित्वमा रहने गरि मंसिर ३० गते हक हस्तान्तरण सम्झौता समेत गरिसकेको निगमले जनाएको छ ।

निगमको ग्राउण्ड ह्याडलिङ्ग सेवालाई थाई सरकार तथा राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले गरेको विश्वास प्रति निगमले धन्यवाद दिएको छ ।

प्रतिक्रिया