संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आउँदो अधिवेशनमै अघि बढाउन तीन दल सहमति नजिक
नेपालखोज
२०८० पुष ९ गते २०:१८

काठमाडाैं । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतासहितको बैठक संसद्को आगामी अधिवेशनमा नै विधेयक अगाडि बढाउन सहमति नजिक पुगेको हो ।
बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्को आगामी अधिवेशनमा विधेयक अगाडि बढाउन सहमतिनजिक पुगिएको बताए ।
सम्बन्धित दलका कानुनविद्समेतलाई राखेर भएको छलफलबाट पीडितकेन्द्रित संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउने दिशामा दलहरू सहमत भएको बर्तौलाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया